रविन्द्र अधिकारिको समझनामा पर्यटन पुरष्कार घोषणा ,

फागुन १५ ,काठमान्डौ – तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा सरकारले ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ घोषणा गरेको छ ।

रबिन्द्र अधिकारीको पहिलो स्मृतिसभाको आयोजनामा मन्त्रालयमा वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि योगेश भट्टराईले पुरस्कार घोषणा गरेका हुन् ।

अधिकारीको सम्झना र सम्मानमा पर्यटन पुरस्कार स्थापना गरि प्रतेक वर्ष हरेक व्यक्तिलाई प्रदान गरिने र मन्त्रालयले स्थापित पुरस्कारबारे छिट्टै कार्यविधि बनाउने छ योगेश भट्टराईले बताए।

lekbesi

यो वर्ष कार्यविधिलगायतको काममा ढिलाइले यस वर्ष दिवंगत अधिकारीको जन्मदिनमा पुरस्कार वितरण गरिने छैन ।

अर्को वर्षबाट भने अधिकारीको स्मृति दिवसकै दिन पुरस्कार बाँडिने मन्त्री भट्टराईले जानकारी दिए ।कार्यविधि नबनिसकेकाले पुरस्कारको राशि पनि खुलाइएको छैन ।

२०७५ फागुन १५ गते आजको दिन तेह्रथुमको चुहानडाँडामा निर्माण हुन लागेको विमाननस्थल अवलोकनपछि फर्कंदै गरेका तत्कालीन पर्यटन मन्त्री रवीन्द्रसहित नागरिक उड्डयन प्राधिकरका कर्मचारी, पर्यटन व्यवसायी, सुरक्षाकर्मी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना हुँदा सात जनाको निधन भएको थियो ।

दुर्घटनामा मन्त्री अधिकारीसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवेन्द्रकुमार श्रेष्ठ, पाइलट प्रभाकर केसी ,निर्देशक ध्रुव बजिमय, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, सुरक्षाकर्मी अर्जुन घिमिरे को निधन भएको थियो ।