प्रधानमन्त्री ओलीले भने अब छिट्टै मृगौला प्रत्यारोपण गर्छु अनि २४ घण्टा काम गर्छु ,
फागुन १५ ,काठमान्डौ – प्रधानमन्त्री ओलीले मृगौला प्रत्यारोपण गर्ने बताएका छन् ।
ओलीले भनेका छन् मलाई स्वास्थ्यका कारण काम गर्न सक्दैन भन्ने गुनासो र तर्क आउछ।तर पनि म १८ घण्टा खटिरहेको छु ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बाग्मती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, म मिर्गौला प्रत्यारोपण गर्दैछु ।
त्यो दिन छिट्टै आउदै छ ।, प्रत्यारोपण गरेको दिनबाट ५ दिनम अस्पतालमा बस्छु छैठौ दिन यहाँ आउँछु, त्यसपछि काम गर्छु ओली भेन ।
तेस्तै ओलीले बाँस्कोटाको विषयलाई लिएर सरकारको बद्नाम गर्न खोजेको बताएका छन् । बाँस्कोटाको अडियो प्रकरण झुठो रहेको पनि ओलीले बताएका छन् ।
बाँस्कोटाले पनि उक्त अडियो प्रकरण आफ्नो नभएको र कसैले क्यारिकेचर गरेर बनाएको अभिव्यक्ति दिएका छन् ।
अडियो प्रकरण बाहिरिएपछि निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भने राजिनामा दिएका छन ।