प्रधानमन्त्री भने कुन अनाडिले के रेकर्ड गरेर ल्यायो सबै तेस्को पछि लागे बास्कोटाको अडियो प्रकरण झुठो हो ,
सरकारलाई वदनाम गर्न सांगीतिक षडयन्त्र भईरहेको छ , ,
फागुन १५ ,काठमान्डौ – प्रधामन्त्री केपी शर्मा ओलीले बाँस्कोटाको अडियो प्रकरणमा आफ्नो अभिव्यक्ति दिएका छन् ।
यो संगै प्रधानमन्त्री ओलीले बाँस्कोटाको बचाउ गरेका छन् । निवर्तमान सञ्चारमन्त्री मन्त्रि गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनका लागि डिल गरेको भनिएको अडियो सार्वजनिक भएलगतै उनले राजिनामा दिएका छन् ।
प्रधानमन्त्री ओलीले अडियो सार्वजानिक गर्ने विजय मिश्र फटाहा पुष्टि भईसकेको बताए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बाग्मती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै प्रधानमन्त्री भने।
कुनै ब्याक्तिले अनधिकृत ढंगले एउटा टेप ल्याउछ ,प्रमाणित छैन केहि छैन ,आफ्नो बारेमा प्रश्न उठेपछि नैतिकताको आधारमा र सत्य तथ्य केहो भन्ने विषयमा गोकुल बाँस्कोटाले राजिनामा दिनुभयो ।
अनाधिकृत ढंगले एउटा टेप ल्याउँछ । प्रमाणित छैन, केही छैन । तर पनि मेरो बारेमा प्रश्न उठेको हुनाले राजीनामा गर्छु भनेर गोकुल बास्कोटाले राजीनामा गर्नुभयो ।
हामीले राजीनामा स्वीकृत गर्यौं ओलीले भने ।अडियो प्रकरणमा बाँस्कोटाले नै आफ्नो नभएको र न्याय खोज्छु भन्नु भएको छ ।
स्वीस कम्पनी र सरकारले पनि अडियो सार्वजनिक गर्ने व्यक्ति आफ्नो प्रतिनिधि नभएको प्रष्ट पारिसकेको छ । आफ्नो नाममा प्रश्न उठेपछि राजिनामा गरीएको हो ।
आफ्नो नाममा बात लागेको हुनाले राजीनामा गरेकोसम्म हो । अनि भ्रष्टाचार गरेको प्रमाणित झै गरेर त्यसमा कस्सिनुपर्ने केही पनि छैन प्रधानमन्त्री ओलीले भने ।
कुनै अनाडिले कसैले घुस खायो भन्दैमा रेकर्ड ल्यायो भनेर तेस्को पछि नलाग्न पनि ओलीले बताए ।गल्ति गर्ने कसैलाई छोडिदैन ,बाँस्कोटाले गल्ति गरेको भएपनि कानुनको भागेदारी हुनुहुन्छ र अडियो ल्याउने ब्याक्तिलाई पनि कारवाही हुन्छ ।
किन कसरि र के का लागि ल्याईयो भन्ने छानबिन हुँदै छ ।ओलीले अर्को प्रसङ्गमा भने आफ्ना नेतालाई भ्रस्टाचारको मुद्दा लाग्दा संसद अवरुद गर्ने नेकपामा झुट्टा मुद्दा लाग्यो भने क्या मजा आयो भन्ने यो राम्रो होइन ।
तेस्तै सरकारलाई बद्नाम गर्न र चरित्र हत्या गर्न संगठित प्रयास भइरहेको छ।ओलीले अगाडी भने ‘त्योसँग त डिल नै भएको छैन । फ्रेन्च र जर्मन कम्पनीको प्रतिस्पर्धामा दुईटा सरकारहरुको डिल भएको छ, कुरा भएको छ ।
अनि अर्को स्वीस कम्पनीको एजेन्टसँगको वार्ता कहाँ भयो, जोसँग खरिदको प्रसंग नै छैन । आफुले बाँस्कोटाको बचाउ गर्न नखोजेको भन्दै ओलीले भने ‘आन्दोलनलाई बद्नाम गर्ने षड्यन्त्र हो कि केही सत्यता छ वा छैन अनुसन्धन हुँदै छ झुठो बोल्नेलाई कारवाही हुन्छ प्रधानमन्त्री ओलीले बताए ।
आफ्नो नामम समेत उजुरी परेको प्रधानमन्त्रीले सुनेको र त्यो बिना अर्तहको काम नलाग्ने उजुरु हुने पनि उनले बताए ।सरकार भ्रष्ट हुन्छ भन्ने चिन्ता नगर्न आग्रह आग्रह गर्दै आफु सुशासनको पक्षमा रहेको उनले बताए ।