नायिका प्रियंका कार्की र आयुष्मानको जिल्ला अदालतमा कानुनि बिहे ,

फागुन १५ ,काठमान्डौ – नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले जिल्ला अदालतमा गएर कानुनि बिहे गरेका छन् ।

उनीहरु बीच लामो समयदेखि बिहेको चर्चा चलेको थियो ।आज बिहिबार जिल्ला अदालत ललितपुर पुगेर दुवैले कानुनि बिहे गरेका हुन् ।

कानुनि रुपमा आफुहरु पति पत्नी एक भएको बताउदै प्रियंकाले आफ्नो सामाजिक संजालमा लेखेकी छिन भने फोटो पनि अपलोड गरेकी छिन् ।

अद्लातम दुवै पक्षका पारिवारिक सदस्यहरु सहभागी थिए ।अद्लातमा एक अर्काले मालापनि लगईदीएका थिए ।

कानुनि रुपमा आज एक भएपनि उनीहरुले भोलि शुक्रबार बिहेको आयोजना गरेका छन् ।

शुक्रबार बिहेपश्चात उनीहरुले आफन्त, चलचित्रकर्मी र साथीहरुका लागि भव्य पार्टीको समेत आयोजना गरेका छन् ।

प्रियंकाले लेखेकी छिन आजदेखि हामि कानुनि रुपमा वैवाहिक जीवनमा बाँधीएका छौ ,उनले तस्वीर सार्वजनिक गर्दै ‘मिस्टर एण्ड मिसेस’ लेखेकी छिन् ।

साथै प्रियंकाको आजनै जन्मदिन परेको छ ।उनले आफ्नो जनाम्दिन्को अवसर पारेर वैवाहिक जीवनमा बाँधीएको जानकारी गरेके हुन् ।