रोजगारको लागि भारत पुगेका सुर्खेत गुर्भाकोटका एक युवकको हत्या

 

फागुन १५ ,काठमान्डौ – रोजगारीको शिलशिलामा पुगेका कर्णाली प्रदेश सुर्खेत गुर्भाकोट नगरपालिकाका एक युवकको हत्या भएको छ ।

सुर्खेत गुर्भाकोट ४ सहारेका २७ वर्षीय नेत्रबहादुर शाहको बुधबार गुजरातको भरुच जिल्ला अंकलेश्वरको मिरा नगर एरियामा हत्या भएको हो ।

lekbesi

शहाको सेक्युरिटी गार्डको पोशाक संगै वेवारिसे अवस्थामा शव फेला परेको अखिल भारत नेपाली एकता मञ्च अंकलेश्वर नगर समितिका अध्यक्ष सुरेश विकले जानकारी दिए ।

डेढ महिनादेखि काम छोडेर अन्यत्र बस्दै आएका शाहले कुन काम गर्थे भन्ने भने खुलेको छैन ।

हत्याको असंकामा तिन जना नेपालि कामदारलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएको शुरेस विकले जानकारी गरे ।

शाहको श्वा पोष्टमार्टमका लागि स्थानीय सरकारी हस्पीटलमा राखिएको छ,। घटनाको सत्य तथ्य पत्ता लगाई घटनामा संलग्नलाई यथा सिघ्र कारवाही गर्न प्रहरीसंग नेपाली एकता मञ्चले आग्रह गरेको छ ।