युवतीमाथि एसिड आक्रमण गर्नेलाई ८ वर्ष जेल एक करोड १४ लाख क्षतिपुर्ति भराईयो ,

आक्रमणमा सघाउने ब्याक्तिलाई २ वर्ष ६ महिना जेल संगै ४० हजारको फैसला ,

फागुन १५ ,काठमान्डौ – युवतीमाथि एसिड आक्रमण गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई जिल्ला अदालत मकवानपुरले ८ वर्ष जेल एक करोड १४ लाख क्षतिपुर्तिको फैसला गरेको छ ।

तेस्तै अभियुक्तलाई सघाउने एक जनालाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैया जरिवानाको फैसला सुनाएको छ।

जिल्ला न्यायाधीश कमलराज विष्टको बिहीबारको इजलाशले भारत महाराजगञ्ज, अमरपूर्वन–६ का राज भन्ने दिलीपराज केशरीलाई उक्त फैसला सुनाएको हो।

केशरीले २०७० वैशाख ९ मा हेटौडा उपमहानगर,आफ्नै पसलमा रहेकी २ की २० वर्षीया विन्दावासिनी कंसाकारको अनुहारमा एसिड प्रहार गरेका थिए।

केशरीलाई साविकको मुलुकी ऐन ज्यान सम्वन्धी महल ८ वर्ष कैद र एक लाख रुपैया जरिवानासहित उपचार खर्च एक करोड १४ लाख ८५ हजार भराउने फैसला गरेको हो ।

केशरी विदेशी नागरिक भएकाले उक्त रकम पीडितलाई उपलब्ध गराउन सरकारले पहल गर्ने र निजबाट भराउन नसकेमा सरकारले पीडितलाई मनासिब माफिक अर्थात् उचित उपचार खर्च उपलब्ध गराउन पनि अदालतले आदेश जारी गरेको छ।

उक्त इजलाशले युवती कंसाकारमाथि एसिड प्रहार गरी मुख्य अभियुक्तलाई भगाउने काम गरेका सन्जयकुमार मण्डललाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैया जरिवानाको फैसला गरेको छ।

एसिड आक्रमण गरेर भाग्ने क्रममा मुख्य अभियुक्त केशरीलाई मण्डलले मोटरसाइकलमा राखेर भगाएका थिए।

एसिड प्रहार गर्ने केशरी हेटौंडामा व्यापार गर्थे। उनलाई ६ वर्षपछि बाराको जितपुर–सिमरा उपमहानगर–२३ भलोहीस्थितबाट गत कार्तिक १४ पक्राउ गरिएको थियो। त्यसको एक साता पछि सहयोगी मण्डललाई हेटौडाबाटै पक्राउ गरेको थियो।