Simta
Simta
lekbesi

सावधान ठगि र अपराधमा महिलाहरुनै सक्रिय ,

Gurvakot

फागुन १६ ,काठमान्डौ – पछिल्लो सामययता विभिन्न किसिमका ठगि र अपराध कार्यमा महिलाहरु सक्रिय देखिएको अपराध महाशाखाको टोलीले बताएको छ ।

सामान्य चोरीचकारी देखि ठुला ठुला अपराधमा महिला हरुको संलग्नता हुने गरेको पाईएको शाखाले जनाएको हो ।

केहि समययता वैदेशिक रोजगार ठगिमा संलग्न हुने ब्याक्तिहरुमा पनि महिला हरु पक्राउ पर्ने गरेका छन् ।

lekbesi

तेस्तै फ्रान्स पठाउने प्रलोभनमा ३८ लाख ५० हजार ठगि गरि फरार रहेको पुर्णिमा श्रीषलाई महानगरीय महाअपराध महाशाखाको टोलीले पक्राउ गरेको जानकारी दिएको छ ।

रुपन्देही दुधराक्ष वडा न.५ घर भई हाल काठमान्डौ तारकेश्वर नगरपालिका वडा न.१९ बासुकिनाग मार्ग मनमैजु बस्दै आईरहेकी वर्ष ४३ कि पुर्णिमा श्रीषलाई शाखाको टोलीले गत १४ गते हाल निवास मार्गबाट पक्राउ गरेको बताएको छ ।

फ्रान्समा आकर्षक तलब र फुडप्याकिङ्गमा काम लगाउने भन्दै उनले ३ जना ब्याक्तिसंग उक्त रकम लगी सम्पर्क विहिन भएको अवस्थामा उनलाई शाखाको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकी उनलाई महानगरीय प्रहरी परिसर,काठमाण्डौमा आवश्‍यक अनुसन्धान तथा कारवाहीको लागी पठाईएको पनि महाशाखाको टोलीले बताएको हो ।

यो पनि ,

महिलाले महिलालाईनै नाङ्गो तस्वीर देखाएर आत्म हत्या गर्न बाध्य गराईन ,

तेस्तै गरि विभिन्न किसिमका यौनधन्दा ,लागुऔसध ओसारपसार ,सन्रक्षित बन्यजन्तु चोरी सिकारी ,साईबर क्राईम ,बैङ्गकिङ्ग कारोबारो एटिएम ह्याकर जस्ता अपराधमा अहिले महिलाहरुनै सक्रिय रहेको महानगरीय अपराध महाशाखाका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले रंग दर्पणलाई जानकारी गराए ।

Simta