दुइतिहाई बहुमतमा ठुला काण्ड र फनडा ,

अडियो बाँस्कोटाको होईन प्रधानमन्त्री ओली ,

फागुन १६ ,काठमान्डौ – नेपालमा निकै चर्चाको विषयमा रहेको अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रकरण सुमसाममा परेको छ ।

एमसिसि प्रकरणमा सतारुढ नेकापा भित्रनै पार्टी विभाजन होला झैँ गरि चर्को विरोध समेत भयो ।

देशदेखि विदेशबाट जनताले एमसिसि बहिस्कार गरि माईतिघर मण्डलामा एक करोड भन्दा बढीको हस्ताक्षर गरि आन्दोलन भयो ।

प्रधानमन्त्री ओलीले एमसिसि अब राष्ट्रिय गौरवको आयोजना बन्ने भन्दै संसदमै बोले भने विपक्षिदल नेपालि कांग्रेसका सभापति शेर बहादुर देउवाले पनि एमसिसि पास गर्नुपर्ने धारणा ब्यक्त गरे ।

तर नेकपा नेता तथा पुर्व गृहमन्त्री भिमरावलले एमसिसि नेपालको हितमा नभएको र यदि पारित गर्नेपरे परिमार्जन गर्नपर्ने चर्को माग राखे ।

नेकपाको सचिवायालय बैठकले एमसिसि कार्यदल छानबिन गर्यो जसमा वरिष्ठ नेता झलनाथ खनाल संयोजक रहेको कार्यदलमा स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भीम रावल सदस्य थिए ।

भिम रावल ,झलनाथ खनाल ,प्रदिप ज्ञवालीको कार्यदलले एमसिसि छानबिन अनुन्धान गरि प्रधानमन्त्री ओली र अधय्क्ष प्रचण्डलाई प्रतिवेदन बुझायो ।प्रतिवेदनमा यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न नहुने सुझाव दिइएको थियो ।

एमसिसिको प्रतिवेदन लगतै नेकपामा अर्को काण्ड बाहिरियो अडियो प्रकरण

निवर्तमान सञ्चारमन्त्रि गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनका लागि डिल गरेको भनिएको अडियो सार्वजनिक भएलगतै उनले राजिनामा दिए ।

अहिले यो विषयमा जताततै भाईरल छ प्रतिपक्षि दल नेपालि कांग्रेसले संसदमा चर्को स्वरमा यसको विरोध गरेको छ । अहिले यो प्रकरण अर्को फनडामा परिणत हुँदै छ ।

गोकुल बाँस्कोटाले बाहिरिएको अडियो आफ्नो नभएको र कसैले क्यारिकेचर गरेर बनाएको बताएक छन् ।

तेस्तै हिजो मात्र प्रधानमन्त्री ओलीले पनि बाँस्कोटाको समर्थकमा बोल्दै अडियो उनको नरहेको प्रतिक्रिया दिएका हुन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बाग्मती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने।

कुनै ब्याक्तिले अनधिकृत ढंगले एउटा टेप ल्याउछ ,प्रमाणित छैन केहि छैन ,आफ्नो बारेमा प्रश्न उठेपछि नैतिकताको आधारमा र सत्य तथ्य केहो भन्ने विषयमा गोकुल बाँस्कोटाले राजिनामा दिनुभयो ।

स्वीस कम्पनी र सरकारले पनि अडियो सार्वजनिक गर्ने व्यक्ति आफ्नो प्रतिनिधि नभएको प्रष्ट पारिसकेको छ ।

आफ्नो नाममा प्रश्न उठेपछि राजिनामा गरीएको हो ओलीले भने । प्रधानमन्त्री ओलीले अडियो सार्वजानिक गर्ने विजय मिश्र फटाहा पुष्टि भएको पनि बताए ।

किन कसरि र के का लागि ल्याईयो भन्ने छानबिन हुँदै छ ।तेस्तै सरकारलाई बद्नाम गर्न र चरित्र हत्या गर्न संगठित प्रयास भइरहेको छ।ओलीले अगाडी भने ‘त्योसँग त डिल नै भएको छैन । फ्रेन्च र जर्मन कम्पनीको प्रतिस्पर्धामा दुईटा सरकारहरुको डिल भएको छ, कुरा भएको छ ।

तेस्तै प्रधानमन्त्री ओलीको जन्मदिनको केक लगायत केक बोक्ने हेलिकोप्टरको पनि सामाजिकसंजाल भरि चर्को विरोध भयो ।

तेस्तै निवर्तमान सभामुख कृष्णबाहदुर महरा सचिवालयकी कर्मचारी रोशनी शाहीलाई जबर्जस्तिकरनीको आरोपमा अहिले अदालतबाट रिहाई भएक छन् ।

उनले आफुलाई ठुलो षडयन्त्र बाट फसाईएको र रोशनीको कुरानै नभएको प्रतिक्रिया दिएका छन् ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरपयोग आयोग ले १७५ जनालाई विशेष अदालतमा मुद्दा दायर गरेको छ जसमा नेकपाका महासचिव विष्णुपौडेललाई छुट दिएको भन्दै पनि चर्को विरोध भईरहेको छ ।नेकपा भित्र अहिले ठुला ठुला काण्ड बाहिरिने गरेका छन् ।