सिपि मैनालीको दुर्घटना नियोजित छ ,तत्काल छानबिन होस् नेकपा माले ,

फागुन १६ ,काठमान्डौ -नेपाल कम्युनिष्ट पार्टी (माले) ले महासचिव सीपी मैनालीको दुर्घटना नियोजित भएको बताएको छ।

मैनालीको परिवार हिजो १५ गते झापाबाट काठमाडौं आउँदै गर्दा दुर्घटनामा परेका थिए।

मैनालीको कार दुर्घटनामा बिहीबार पार्टीले जारी गरेको विज्ञप्तिमा दुर्घटनाको छानबिन गरी सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरिएको छ।

विज्यप्तिमा भनिएको छ ।‘यो दुर्घटना अस्वभाविक र नियोजित देखिन्छ’, पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,।

उक्त दुर्घटनाको तथ्य तथा त्यसमा अन्तर्निहित दुर्नीयत योजनाको समेत छानबिन गरी सत्यतथ्य जनता समक्ष ल्याउन र कुनीयतजन्य योजनाकार र दोषीलाई अविलम्ब कानुनी कारबाही गर्न जोडदार माग गर्दछौं।’

बिहीबार महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ३ कालापानीमा कार दुर्घटना हुँदा मैनालीसहित पाँच घाइते भएका थिए।मैनाली चढेको बा४च २१२० नम्बरको कारलाई ना४ख ७६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो।

कारमा रहेका मैनालीका छोराछोरा सरोज, बुहारी पूजा, नाति एन र चालक रामप्रसाद पौडेल पनि सामान्य घाइते छन्।

घाईते मैनालीको अहिले ग्राडी अस्पतालमा उपचार भइरहेको छ।उनको टाउको अनुहारमा चोट लागेको छ ।