सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नपर्छ प्रचण्ड :

फागुन १६ ,चितवन – नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयको निर्णय प्रधानमन्त्री ओलीले मान्‍नै पर्ने बताएका छन् ।

गृहजिल्ला चितवन पुगेका दाहालले भरतपुर विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरुसँग कुरा गर्दै बामदेव गौतमलाई राष्ट्रियसभामा मामोनित गर्ने निर्णय प्रधानमन्त्रीले मान्ने प्रचण्डको विश्वास छ।

उहाँ र मेरो संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले सर्वसम्मत गरेको निर्णयलाई उहाँले अवज्ञा गर्नुहुन्छ भन्ने म कल्पना पनि गर्न सक्दिनँ ।

त्यसैले गर्नु भएन भने के भन्नेतिर म अहिले जान चाहन्नँ । एक दुई दिनमा तपाईहरुले थाहा पाउनुहुने छ प्रचण्डले भने ।

दाहालले राष्ट्रिय सभाको रिक्त हुने सिटमा वामदेव गौतम नै जाने बताए। अर्थमन्त्रीज्युको पदावधि सकिए पनि ६ महिनालाई प्रधानमन्त्रीज्युले उहाँलाई नै अर्थमन्त्री राख्‍न सक्‍ने हुनु भयो भन्ने प्रश्नमा प्रचण्डले भने त्यो प्रधानमन्त्रीको हातको कुरा हो ।

अर्थमन्त्री हुनका लागि राष्ट्रियसभामा जानैपर्छ भन्ने पनि छैन । हाम्रो अहिलेको संवैधानिक व्यवस्थाअनुसार ६ महिनाका लागि राष्ट्रियसभामा नगएपनि मन्त्री बनाउने अधिकार प्रधानमन्त्रीलाई छ प्रचण्डले भने ।

राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभा सदस्य युवराज खतिवडाको यही फागुन २० गतेदेखि कार्यकाल सकिँदैछ । उनले अहिले सञ्चारमन्त्रिको पनि जिम्मा दिईएको छ ।

नेकपाको बुधबार बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिसका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो। पार्टीले निर्णय गरेको केही घण्टा नबित्‍दै ओलीले असहमति जनाएका थिए।