बच्चा बोकेकी महिलामाथि पुरूष इन्स्पेक्टरको लाठी चार्जपछि सामाजिक संजाल तातियो ,

फागुन १६ ,काठमान्डौ – ललितपुरमा इन्स्पेक्टर देवीप्रसाद पौडेलले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई प्रहरीको गाडीबाट धकेलेर पछाडिबाट लाठी हानेका छन्।

अहिले यो भिडियो सामाजिक संजालभरि भईरल बनेको छ । उनले ति महिलामाथि लाठि चार्ज गरेको भिडियो पत्रकारले क्यामेरामा कैद गरेका छन् ।

महिलामाथि सम्झाउनु भन्दा लाठि चार्ज किन गरेको भन्दा अर्काको घरमा धर्ना दिने नगर भन्दा नमान्दा आफुले बल प्रयोग गरेको स्वीकारेका छन् ।

प्रहरीले छ जना महिलालाई नियन्त्रणमा पनि लिएको छ । यो बिहिबारको घटना हो ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ परिच्छेद २ मा कुनै महिलालाई पक्राउ गर्नुपरेमा महिला प्रहरीद्वारा पक्रन लगाउनु पर्ने व्यवस्था गरिएको छ।

‘पक्राउ गर्नुपर्ने अवस्थामा तत्काल महिला प्रहरीले उपलब्ध नभएमा निजको इज्जत वा प्रतिष्ठामा आँच नआउने गरी महिलाको शारीरिक संवेदनशीलताको सम्मान गर्दै पुरूष प्रहरी कर्मचारीले पक्राउ गर्न बाधा पर्ने छैन,’ संहितामा भनिएको छ।

त्यो दिन महिला प्रहरीपनि उपस्थित छन् उनीहरुले लाठि चार्ज गर्दा हेरे रहेका छन् ।महिला प्रहरीलाई बोलाउनुको साटो इन्स्पेक्टर देवीप्रसाद पौडेलले लाठि चार्ज गरे ।हेमा श्रेष्ठको शरीरभरि निलडाम देखिएको छ ।

किन गरियो लाठि चार्ज यस्तो थियो घटना,

ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरअगाडि बिहीबार दिउँसो केही महिला जम्मा थिए ।

एक महिलाले खत्रीसंग पुरानो सम्बन्ध रहेको तर उनले ति महिलालाई नस्विकारेको भन्दै ति महिला अन्य महिलासंग खत्रीको घरमा पुगेकी थीइन ।

ती महिला चार महिनादेखि यसरी नै खत्रीको घरअगाडि ‘धर्ना’ दिइरहेकी छन्।घरबाहिर महिलाहरू भेला भएको देखेपछि खत्रीले प्रहरीलाई खबर गरे।

केहीबेर प्रहरी प्रभाग भैंसेपाटीका प्रहरी खत्रीको घरमा पुगे। घरअगाडि महिला भेला भएका थिए, नियन्त्रण गर्न पुरूष प्रहरी पनि गएका थिए।

प्रहरीले महिलाहरूलाई त्यहाँबाट हटाउन खोज्यो। नमानेपछि बल प्रयोग गर्‍यो। त्यही क्रममा इन्स्पेक्टर देवीप्रसाद पौडेलले पनि लाठी चलाएका थिए ।

लाठि चार्ज गर्ने इन्स्पेक्टर देवीप्रसाद पौडेलप्रति अहिले देश देखि विदेशमा रहेका नेपालिहरुले उनको फोटोमा रिप लेख्दै गालि गरेका छन् ।

महिलाको गल्ति भएको भएपनि कारवाही गर्न सकिने र महिला प्रहरी हुँदापनि पुरुषले समाएर लाठि चार्ज गर्नु गल्ति भएको भन्दै अहिले पुरा सामाजिक संजाल तातीएको छ ।

ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले महिलाहरूले घरमा तोडफोड गर्न थालेपछि प्रहरीले भीड नियन्त्रणमा लिन बल प्रयोग गरेको बताए।