अमेरिकि दुतावासको परिचय पत्र देखाउदै ठगि गर्ने गर्ने व्यक्ति पक्राउ ,

फागुन १६ ,काठमान्डौ – अमरिकी दुतावासको परिचयपत्र देखाएर अमेरिका पठाउने प्रलोभन देखाउदै ठगि गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका,९ घरभई हाल काठमाडौंको थलिमा बस्दै आएका ४१ वर्षीय केदार खड्का रहेका छन् ।

खड्काले १० जनाभन्दा बढी व्यक्तिबाट अमेरिका पठाउने भन्दै ३० हजार रुपैयाँदेखि ४ लाख रुपैयाँसम्म ठगेकाे पाइएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

पिडितबाट उनले विभिनन प्रलोभन देखाएर बारमबार रकम असुलेको भन्ने उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

खड्काले दिपक कार्की र विकास खड्काको नाममा अमेरिकीदूतावासको कर्मचारीको नक्कली परिचय पत्र बनाई विभिन्न व्यक्तिलाई ठगी गरेको पाइएकाे छ।