नायक अनमोल केसीले ठगि गरेको भन्दै प्रहरीमा उजुरी ,

फागुन १६ ,काठमान्डौ – नायक अनमोल केसीविरुद्द ठगि केसको प्रहरीमा उजुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध ठगी गरेको अभियोगमा उजुरी परेको हो ।

फ्लिम्स नेपाल जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि उनले नखेलेर ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको हो ।

धुपौरेमा खेल्नलाई अनमोलले ४० लाख पारिश्रमिक मागेका थिए । श्रेष्ठ र खड्गीले गत असोज ३ गते अनमोल संग सम्झौता गरि ५ लाख अग्रिम लगेर अहिले सम्म अनमोल केसीले फिल्म नाखेलेपछी ठगी गरेको उजुरीमा उल्लेख छ ।

फ्लिम खेल्नका लागि अनमोलले ३ महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै अनमोलले आफूहरुको थप २ लाख ५० हजारसमेत सकेको उजुरीमा उल्लेख छ ।

तेस्तै फ्लिमको लागि तय भएका अन्य कलाकार तथा टेक्नेसियनलाई समेत अनमोलले अग्रिम ३० लाख दिन लगाई अहिले सम्म सम्पर्कमा नआएको उजुरीमा उल्लेख गरिएको छ ।

यो विषयमा सम्पर्क गर्दा अनमोल सम्पर्कमा नआएपछि आफूहरुलाई आर्थिक रुपमा क्षति पुर्याएको उजुरीमा उल्लेख छ । उजुरीमा केसीले हानी नोक्सानी पुर्याइ क्षति बिगो तथा कानुन बमोजिम क्षतिपूर्ति समेत दिलाइदिन माग गरिएको छ ।

अनमोल केसी नायक भुवन केसीका छोरा हुन् ।पछिल्लो समय फ्लिम क्षेत्रले उनलाई महँगो नायक बनाईदिएको छ ।

नेपालि चलचित्रमा एउटा फ्लिम खेल्यो भने पारिश्रमिक बढाउने चलनपनि नेपालमा बढेकै हो ।तर अहिले भने यस्ता नायक नायिका सबै हराएका छन् ।