प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफुलाई २०७१ सालदेखि गोल्फुटारमा कोठा लगेर राखेको भन्दै अदालतमा उजुरी ,

फागुन १६ ,काठमान्डौ – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्द काठमान्डौ जिल्ला अदालतमा मुद्दा दाएर भएको छ ।

दोलखाकी बालिका खड्काले राई आफ्ना पति रहेको भन्दै अदालतमा अंश मुद्दा दायर गरेकी छिन् ।

सञ्चारमन्त्री भएका बेला राईले राजधानीको गोल्फुटारमा आफूलाई कोठा लिएर राखेको र आफू राईसँग २०७१ सालदेखि सँगै रहेको खड्काले दायर गरेको मुद्दामा उल्लेख छ ।

राईले आफूलाई यौन दुव्यवहार गर्दै घरेलु हिंसा गरेको आरोपसमेत मुद्दामा लगाएकी छन्। मुख्यमन्त्री राईले शारीरिक यातना दिएकोसमेत उनको मुद्दामा उल्लेख छ।

राईविरूद्ध मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतले जानकारी दिएको हो ।