सुर्खेत भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेल अख्तियारको हिरासतमा,

फागुन १६ ,काठमान्डौ -कर्णाली प्रदेश सुर्खेत भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक चन्द्रबहादुर केसीलाई गत ८ गते २ लाख घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

केसीको छानबिन र उनको मोबाईल रेकर्ड हेर्दा पौडेललाई पनि अख्तियारले हिरासतमा लिएको बताएको हो ।

lekbesi

नगरपालिकाको वडा न .११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण सकिएपछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग केसीले २ लाख घुस मागेका थिए ।

अख्तियार दुरपयोग आयोगले केसीलाई वडा न ।१० मदानीचौरस्थित उन्नति टोलबाट ८ गते पक्राउ गरि छानबिन गरिरहेको बेला कमल पौडेलपनि तानीएका हुन् ।

उनीहरु दुवैलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए ।