बाल्यकालको झल्को मेटाउने चप्पल ,

नव गायक करन राईले आफ्नो डेब्यु म्युजिक भिडियो ‘चप्पल’ सार्वजनिक गरेका छन ।

भनिन्छ जिन्दगी भन्नु सम्झनाको एक माला हो । बाल्यकालमा नयाँ चप्पल लाउन पाउनु को खुशी बेग्लै हुन्थ्यो ।

बाल्यकालको मिठो स्मृतिलाई समावेश गरेर थिम्याटिक भर्सनमा लेखिएको यस गीतमा स्वर करन राईको रहेको छ ।

गीतमा शब्द र संगीत सौरभ तिमसिनाको रहेको छ । गीतको संगीत संयोजन राजन इशानले गरेका हुन्।

म्युजिक भिडियोमा एलिशा राई , निराजन प्रधान , अन्जली अधिकारी र सागर लम्सालको अभिनय रहेको छ ।

बुद्ध थापाले छायांकन गरेको भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन् । माइ वे ग्रिल एण्ड बारकोले निर्माण गरेको भिडियोलाई राजिव समरले निर्देशन गरेका हुन् ।

मोरङ जिल्ला घर भै विगत ५ वर्ष देखि अमेरिकामा बस्दै आएका गायक करन राई नेपाली गीत संगीतमा आफ्नो भविष्य खोज्दै अघि बढ्ने कोसिसमा छन ।

आफ्नो पहिलो म्युजिक भिडियोलाई माया गरिदिन उनले सम्पूर्ण दर्शक , सोर्ता र मिडिया हाउसलाई आग्रह गरेका छ्न ।