कन्हैयाकुमारविरुद्ध राजद्रोहको मुद्दा चलाउन दिल्ली सरकारले दियो सहमति,
कन्हैयाकुमारले दिए स्वबासी ,
फागुन १७ ,काठमान्डौ – जवाहरलाल नेहरु विश्वविद्यालय छात्र संघका पूर्वअध्यक्ष कन्हैयाकुमारविरुद्ध राजद्रोहको मुद्दा चलाउन दिल्ली सरकारले सहमति दिएको छ ।
अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले उनीमाथि राजद्रोहको मुद्दा चलाउन सहमति दिएको हो ।
कन्हैयाकुमारविरुद्ध मुद्धा चलाउन दिल्ली सरकारलाई आदेश दिनुपर्ने मागसहित केहिदिन अहिमात्र अनुमति माग्दै सर्वोच्च अदालतमा रिट खारेज भएको थियो तर उक्त रिट खारेज गरिएको थियो ।
तर दिल्ली सरकारले मुद्दा चलाउन अनुमति दिएपछि अब कन्हैकुमारसहित १० जनामाथि मुद्दा चलाउने बाटो खुलेको छ ।
सन् २०१६ फेबु्रअरी ९ मा जवहारलाल नेहरु विश्वविद्यालयमा कथित रुपमा भारतविरोधी नारा लगाएको भिडियो सार्वजनिक भएपछि उनीहरुविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो ।
दिल्ली सरकारले राजद्रोहको मुद्दा दायर गर्न समहति दिएलगत्तै कन्हैयाकुमारले उक्त कदमप्रति व्यंग्य गर्दै केजरीवाल सरकार र प्रहरी प्रशासनलाई धन्यवाद दिएका छन् ।
उता,भाजपा दिल्लीका अध्यक्ष मनोज तिवारी लगायतले भने केजरीवाल सरकारको उक्त कदमको स्वागत गरेका छन् ।एजेनसी ,