लाठि हान्ने इन्सपेक्टरलाई बर्खास्तको माग छानबिन सुरु ,,

फागुन १७ ,काठमान्डौ – बच्चा बोकेकी हेमा श्रेष्ठमाथि लाठि हान्ने प्रहरी इन्सपेक्टर देवीप्रसाद पौडेललाई छानबिन गर्न समिति गठन भएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले घटनामा दोषी देखिए कानुनअनुसार सशक्त रुपमा कारबाही हुने बताए ।

‘दोषी देखिए कसैलाई पनि छोडिन्न । पौडेलमाथि अनुसन्धान सुरु भइसकेको छ उनले भने,।

lekbesi

गत बिहिबार भैँसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरभित्र एक महिला प्रवेश गरेपछि इन्स्पेक्टर पौडेलले श्रेष्ठलाई लाठी हानेका हुन् ।

यसैता हेमा श्रेष्ठलाई युटुबरहरुले केहि महिनायता अन्तर्वार्ता लिने गरेका छन् ।उनले बोलेका कुरा अहिले सामाजिक संजाल र युटुबमा भईरल छन् ।

बिहिबार माला शाह नाम गरेकी महिलाले पूर्वजर्नेल हेम खत्रीसंग आफ्नो पुरानो सम्बन्ध रहेको भन्दै श्रेष्ठसँगै केही महिलालाई साथमा लिएर खत्रीको घर पुगेकी थिइन् ।खत्रीको घरमा महिलाहरुको भिड थियो ।

उक्त भिड देखेपछि खत्रीले प्रहरीलाई खबर गरेका थिए ।लगतै खत्रीको घरमा पुगेका प्रहरी इन्सपेक्टर देवीप्रसाद पौडेलले महिलामाथि बल प्रयोग गरेका हुन् ।

महिलालाई गाडीबाट धकेलेर पछाडीबाट लाठिले हानेको भिडियोले अहिले सामाजिक संजालभरि प्रहरी मेरो साथीको आलोचना भएको छ ।

पौडेलले लाठि हानेको स्वीकार गरेका छन् ।उनले मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ परिच्छेद २ मा महिला प्रहरीद्वारा पक्रन लगाउनुपर्ने व्यवस्था गरिएको छ ।

तर पौडेलले आफै महिलालाई धेकेल्दै जोड जोडले निल डाम हुनेगरी हानेपछि कार्यविधि आचारसंहितामा भनिएको छ,।

पक्राउ गर्नुपर्ने अवस्थामा तत्काल महिला प्रहरीले उपलब्ध नभएमा निजको इज्जत वा प्रतिष्ठामा आँच नआउने गरी महिलाको शारीरिक संवेदनशीलताको सम्मान गर्दै पुरूष प्रहरी कर्मचारीले पक्राउ गर्न बाधा पर्ने छैन ।

तर उक्त घटनामा पौडेलको नजिक थुप्रै महिला प्रहरी छन् उनले कुनै तेस्तो नियम प्रयोग गरेनन ।

हेमा श्रेष्ठलाई लाठी हानेपछि इन्सपेक्टर पौडेलमाथि प्रहरीले आन्तरिक छानविन सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयबाट निर्देशन आएपछि ललितपुर प्रहरी परिसरले छानविन सुरु गरेको हो ।

ललितपुर परिसरकी प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन भएको छ ।

समितिलाई घटनाबारे यर्थाथ विषय पत्ता लगाएर प्रतिवेदन बुझाउन भनिएको छ ।

लाठिबाट घाइते रहेकी महिला श्रेष्ठले पनि आफुमाथि लाठि हान्ने प्रहरी ईनस्पेक्टरलाई बर्खास्तको माग गरेकी छैन ।

अन्यथा रास्ट्रप्ति कार्यालय गृहमन्त्रालयमा धर्नादिने बताएकि छिन ।हेमाको पक्षम अहिले सारा नेपालिले समर्थन गरेका छन् ।