नेपाल स्वर्ग हो सबैमिलेर समृद्धि बनाऔं: राज्मन्त्री मानन्धर,

फागुन १७ ,काठमान्डौ – सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले नेपाल स्वर्ग भएको र सबै मिलेर समृद्धि बनाउनतिर लाग्न बताएक छन् ।

शनिबार १६ औं राष्ट्रिय युवा ईन्जिनियर सम्मेलनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मानन्धरले सरकारबाट आएका विकासका संरचनाहरु भताभुंग हुनेगरेको र उक्त कामलाई आफ्नो ठानेर काम गर्न इन्जिनियरहरुलाई सुझावसमेत दिए ।

काठमाडौंको कालिमाटीस्थित पुलको उदाहरण दिँदै मन्त्री मानन्धरले कतै–कतै गलत इन्जिनियरिङका कारण समस्या परेको बताउनुभयो ।

lekbesi

नेपाल जस्तै जैविक विविधताले भरिपूर्ण मुलुक विश्वमा अर्को नभएको बताउँदै अब प्रकृतिले दिएका उपहारलाई समृद्धिको माध्यम बनाउनुपर्ने बताए ।

आइतबारदेखि शुरु हुने युवा इन्जिनियरहरुको सम्मेलनमा १६ सय ईन्जिनियरहरु सहभागि हुँदै छन् ।