५५ अर्बका लागि रास्ट्रघाति काम गर्नसकिन् प्रचण्ड :
फागुन १७ ,काठमान्डौ – ५५ अर्बका लागि रास्ट्रहितविपरित सम्झौता काम नगरिने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
अमेरिकी नियोन सम्झौतामा मित्रता कायम राखेर आवस्यक सहयोग लिए तयार रहेपनि एमसिसि परिमार्जन नभएसम्म अगाडी बढ्न नसकिने प्रचण्डले बताएका हुन् ।
प्रथम सुकुटे महोत्सव २०७६ को उद्घाटन गर्न सुकुटे पुगेका आज शनिबार पत्रकारहरुसंग कुरा गर्दै एमसिसि परियोजनाको बारेमा यस्तो धारणा राखेका हुन् ।
एमसीसी श्रीलंकाली संसदले अस्वीकृत गरेको उदाहरण दिँदै देशको स्वाधीनतालाई बचाउन उच्च चासो राखन सम्पूर्ण बुँदामा हेरेरमात्र अगाडी बढ्ने अमेरिकासंग छलफल भईरहेको दाहाल प्रचण्डले बताए ।
जिल्ला देखि केन्द्र नेकपा पार्टी एक भईसकेको र यो पार्टी फ़ुट्छ भन्नु भ्रमपूर्ण कुरामात्र हुने उनले बताए ।
नेकपा पार्टी भित्र केहि विवाद बल्झिरहेको छ भन्ने प्रश्नमा भने दाहालले भने अहिले पार्टी भित्र केहि फरक मत विचार देखिएपनि ‘नेकपा टुक्रिन्छ भन्नु एउटा भ्रम हो कसैले फरक मत राख्दैमा पार्टी फ़ुट्छ भन्नु गलत हो ।
राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा उच्च छवि बनाइसकेको हुनाले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने पार्टीले निर्णय गरेको बताउँदै दाहालले यसबारे कसैले केही भन्दैमा निर्णय परिर्वतन नहुने बताए।
‘पार्टीको निर्णयअनुरुप सबै कुरा हुनेछ,’ उनले भने। चितवनबाट शुक्रबार सिँधै पआफ्ना परिवारसहित र्यटकीय ‘हब’ सुकुटे आईपुगेका प्रचण्डले भोटेकोसीबीचमा र्याफ्टिङ’को आनन्द लिएका थिए ।सुकुटेमा र्याफ्टिङ,प्याराग्लाईडिङ्ग ,मोटरबोटको आनन्द लिन सकिन्छ ।