कोरोना भाईरसको उच्च सतर्कता अपनाउन वालुवाटारमा बैठक ,

फागुन १८ ,काठमान्डौ – सबैको पिरमा परेको कोरोना भाईरसले विश्वका ६० भन्दा बढी देशमा संक्रमण फैलीएको छ ।

गल्फ देशहरु मध्येमा पनि पर्या सबै देशमा अकोरोनाको संक्रमण फेला परेको छ ।हिजोमात्र कतारमा पनि कोरोना भाईरसको संक्रमण फेला परेको छ ।

अब रह्यो नेपाल ।नेपालमा भने अहिले सम्म कोरोनाको संक्रमण देखिएको छैन । यसअघि कोरोना भाइरसको संक्रमण एक नेपालीमा पनि भेटिएको थियो ।

lekbesi

तर उनी उपचारपछि स्वस्थ्य भइसकेका छन् ।नेपालमा कोरोनाको संक्रमण फेलानपरेपछि कोरोनामुक्त देश्भानेरा घोषणा समेत गरियो ।

तर यसको संसदमा भनाभन चल्यो ,अहिले नै हतार नगरौ ।तेस्तै कोरोना संक्रमणबारे सरकारले उच्च सतर्कता अपनाउने घोषणा गरि हिजो शनिबार वालुवाटारमा प्रधानमन्त्री ओलीले बैठक बसालेका छन् ।

कोरोना भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा समेत देखिन थालेपछि वालुवाटारमा बसेको निर्णयले नेपालमा उच्च सतर्क अपनाउन अभियान चाल्ने बताएको हो ।

बैठकले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति निर्माण गरेको छ ।

उक्त समितिमा स्वास्थ्य, पर्यटन, गृह, शिक्षा लगायतका मन्त्रीहरु रहेका छन् । बैठकमा प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक यात्रुको चेकजाँच गर्न, चेकजाँचका उपकरण र औषधीहरु पर्याप्त मात्रामा भण्डारण गर्न र त्यसका लागि चिकित्सहरुलाई समेत तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् ।

कोरोनको संक्रमण भएका देशबाट आउने र जाने उडान रोक्न पनि बैठकमा छलफल चलिरहेको छ ।यो विषयमा भने श्रोतले आवस्यक छलफल गर्ने बताएको छ ।

केहिदिन अगाडी मात्र विश्वस्वास्थ्य संगठन डब्लुएचओले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताएको थियो ।

चीनको वुहानबाट सुरु भएको नोवेल कोरोना संक्रमण अहिले विश्वका अधिकांस देशमा फैलिसकेको छ भने चीनमा यो संक्रमबाट मर्नेको संख्या ३ हजार नाघिसकेको । दक्षिन कोरियामा ४० जनाको मृतु भैसकेको छ ।