अमेरिकामा पहिलो कोरोना भईरसको मृतु ,

फागुन १८ ,काठमान्डौ – अमेरिकाको वासिङ्टनमा कोरनाभाईरसबाट एक व्यक्तिको मृतु भएको छ ।

करिब ५० वर्षको आसपासको उमेरमा रहेका एक व्यक्तिको यस कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको तेहाका धिकारिहरुले बताएक छन् ।

मृतक व्याक्तिले यसअघि कोरोनाप्रभावित क्षेत्रको यात्रा नगरेको बताएका छन् ।

वासिङ्टनको किङ्ग काउन्टीकायो भन्दा अगाडी क्यालिफोर्निया, ओरेगनमा पनि कोरानाप्रभावित क्षेत्रमा यात्रा नगरेका र त्यस्ता क्षेत्रको यात्रा गरेर आएकाहरुसँग सम्पर्क नगरेको तर पनि यस भाइरसको संक्रमण देखिएको भन्दै स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कोरोनाभाइरसका संक्रमणका थप बिरामीहरु देखापर्ने सम्भावना रहेको भए पनि यसका लागि अमेरिका तयार रहेको दाबी गरेका छन् ।

भाइरसको संक्रमण फैलन नदिन वासिङ्टनका गर्भनर जे इन्सलेले राज्यमा आपत्कालको घोषणा गरेका छन् ।

अधिकारीहरुले इरान यात्रामा थप कडाइ गर्ने जनाउँदै अमेरिकीहरुलाई इटाली र दक्षिण कोरियाका कोरोनाभइरसबाट प्रभावित क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ ।