गोकुल बास्कोटालाई कारवाहीको मागगर्दै नेविसंघको प्रदर्शन ,

फागुन १८ ,काठमान्डौ – निवर्तमान सञ्चारमन्त्रि गोकुल बाँस्कोटालाईकर्वाहिको मागगर्दै नेविसंघले प्रदर्शन गरेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेसको ७० करोड कमिसनमा मुछिएका गोकुल बाँस्कोटालाई सरकारले बचाउ गरेको र करको भार थपेको भन्दै नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले आइतबार बिहान क्याम्पस अगाडि प्रदर्शन गरेको हो ।

प्रदर्शनमा नेविसंघले स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न, ललिता निवास जग्गा प्रकरणको निष्पक्ष छानबिन गर्न तथा इन्धन र पुस्तकमा लगाइएको अतिरिक्त कर खारेज गर्न माग गर्दै नाराबाजी गरेका हुन् ।

स्वीस कम्पनीका एजेन्ट विजय मिश्रसँग कमिसनबारे कुरा गरेको अडियो सार्वजनिक भएपछि सरकारका प्रवक्ता समेत रहका गोकुल बाँस्कोटाले राजिनामा दिएका छन् ।

राजिनामा पछि बाँस्कोटाले उक्त अडियो आफ्नो नभएको र कसैले क्यारिकेचर गरेर बनाएको भन्दै मिश्र विरुद्द गालि बेजती र मानाहानीको काठमान्डौ जिल्ला अदालतमा मुद्दा दाएर गरेका छन् ।

अडियो सार्वजानिक भएपछि तत्कालै राजिनामा दिन लगाएको र छानबिन हुने तर अडियो बाँसकोटाको नभएको समेत प्रधानमन्त्री ओलीले बताएका थिए ।

सरकारलेनै बाँस्कोटाको बचाउ गरेको भन्दै समाजिक संजालभरि चर्को विरोध भएको छ ।