महिला कुट्ने प्रहरी इन्स्पेक्टरको इन्चार्ज खोसियो,

फागुन १८ ,काठमान्डौ – बच्चा बोकेकी महिला हेम श्रेठमाथि लाठ्ठी हाने प्रहरी इन्स्पेक्टर देवीराम पौडेल ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेल तानिएका छन्।

भैसेपाटीमा गत बिहिबार नेपालि सेनाबाट बर्खास्तमा परेका जर्नेल हेम खत्रीको घरमा पौडेलले बच्चा बोकेकी हेम श्रेष्ठलाई अमानवीय तरिकाले लाठ्ठीले हानेका थिए ।

लाठ्ठी हानेको भिडियो सार्वजानिक भएलगतै समाजिक सञ्जालभरि पौडेल लगायत सरकारको चर्को विरोध भएको थियो ।

lekbesi

प्रहरी मेरो साथि भन्ने नारामा मात्र सिमित भएको र प्रहरीले जनतालाई जता पनि दुखमात्र दिने काम भईरहेको हुनाले अत्याचारहर्ने प्रहरी इन्स्पेक्टरलाई बर्खास्तको माग समेत गरिएको छ ।

लगतै महानगरीय प्रहरी परिसर ललितपुरले एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरी गत शुक्रबार देखि छानबिन सुरू गरेको थियो।

उक्त टोलीले शनिबार महानगरीय प्रहरी प्रभाग भैंसेपाटीमा इन्चार्ज रहेका इन्स्पेक्टर पौडेलको सट्टामा अर्का इन्स्पेक्टर सुजित ओझालाई पठाइसकेको एसपी सिंहले बताइन्।

छानबिनको समय भली सम्म भएको हुनाले घटनाको प्रतक्षदर्शीसंग कुरा भईरहेको सिंहले बताईन ।घाईते हेमा हिले अस्पतालमा छिन ।उनको उपचार भईरहेको छ ।

ईनस्पेक्टर पौडेलले भने अर्काको घरमा तोडफोड गर्नथालेपछि सामान्य बल प्रयोग गरेको बताए ।उनले महिलामाथि लाठ्ठी हानेको स्वीकार गरेका हुन् ।