प्रधानमन्त्रीको बुधबार मृगौला प्रत्यारोपण गरिने ,

फागुन १८ ,काठमान्डौ – प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण बुधबार हुने भएको छ ।

ओलीको मृगौला त्रिवि शिक्षण अस्पतालमा हुने र यसका लागि प्रधानमन्त्री ओली भोलिनै अस्पताल भर्ना हुने नारायणकाजि श्रेष्ठले बताए।

नेकपा को आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो उपचार योजनाबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीको यो भन्दा पहिलेपानी मृगौला प्रत्यारोपण गरिएको हो यो उनको दोश्रो पटक प्रत्यारोपण हो ।

प्रधानमन्त्री ओली अहिले नियमित डाईलासिस गरिरहेका छन् ।