नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार ,

फागुन १८ ,काठमान्डौ – नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभामा जुत्ता प्रहार भएको हो ।

नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकबस्ने ठाँउबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो ।

जुत्ता प्रहार भएपछि मञ्चमा रहेका सुरक्षाकर्मीहरू दौडेर ती व्यक्तिलाई पक्रन गएको भिडिओमा देखिन्छ।यद्यपि उनलाई जुत्ता भने लागेन ।

जुत्ता प्रहर गर्ने ब्याक्तिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ ।उनको परिचय खुल्न बाँकी छ।

ति ब्याक्तिलाई नियन्त्रणमा लिएर प्रहरी वृत सिंहदरबारको हिरासतमा लगिएको छ।

सोधपुछमा जुत्ता प्रहार गर्नुको कारण भने ति ब्याक्तिले केहि नबताएको काठमाडौं प्रहारीका एसपी सोमेन्द्र सिं राठौरले बताए ।अनुसन्धान भईरहेको पनि उनले बताए ।