प्रचण्डलाई जुत्ता प्रहार गर्ने ब्याक्ति जुम्लाका रतन तिरुवा पक्राउ ,
फागुन १८ ,काठमान्डौ – नेकपाका अध्यक्ष प्रचण्डलाई जुत्ता प्रहार गर्ने जुम्ला सिञ्जाका २२ वर्षीय रतन तिरुवालाई प्रहरीले पक्राउ गरेको छ ।
नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकबस्ने ठाँउबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो ।
जुत्ता भने प्रचण्डसामु आईपुगेन । रतनलाई नियन्त्रणमा लिएर प्रहरी वृत सिंहदरबारको हिरासतमा राखीएको छ ।
जुत्ता प्रहार गर्नुको कारणमा भने उनले केहि नबोलेको र सोधपुछ भईरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले रंग दर्पणलाई जानकारी गरे ।