दुई नेपालीमा कोरोना संक्रमणको आसंका पछि टेकुमा भर्ना ,
फागुन १८ ,काठमान्डौ – दुईजना नेपालीमा कोरोना संक्रमणको आसंका भेटिएपछि टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।
चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना नेपाली कोरोना भाइरसको संक्रमण आशंकामा अस्पताल भर्ना भएका हुन् ।
कोरोना संक्रमण देशबाट नेपाल छिरेपछि उनीहरुले ज्वरो आएको भनेपछि दुवैलाई आईसोलेसनमा राखीएको अस्पतालका प्रवक्ता अनुप बाँस्तोलाले जानकारी दिए ।
उनीहरुको नमुना संकलन गरेर ल्याबमा पठाइसकेका छौँ, भोलिसम्ममा रिपोर्ट आउँछ उनले भने ।