ठुला भोजभतेर र समारोह नगर्न सरकारको आग्रह ,
फागुन १८ ,काठमान्डौ – सरकारले ठुला भोजभतेर र समारोह नगर्न आग्रह गरेको छ ।विश्वभरिनै कोरोनाको संक्रमण बढिरहेको बेला आइतबार स्वास्थ्य, तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गर्दै त्यस्तो आग्रह गरेका हुन्।
अफ़्टेरो पर्न आँटे विमानस्थलपनि बन्द गर्नसकिने र तेस्कोलागी छलफल भईरहेको ढकालले बताए ।
सरकारले विभिनन चरणमा नेपालमा आवश्यक सावधानी अपनाउने कार्य अगाडी बढाईरहेको पनि उनले जानकारी गरे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा खुला सीमानाबाट आउने र जाने प्रत्येक व्यक्तिहरुलाई चेकचााजमा कडाई गर्ने तयारी गरेको उनको भनाइ छ।
कसैमाथि तेस्तो संक्रमण देखिनासाथ अस्पताल देखि विभिन्न नाकामा राख्न आवश्यक बेडको व्यवस्था गरिसकेको छ ।
तेस्तै देश बाहिर जाने र आउनेलाई पनि कोरोनाको चेक जाँच एकिन भएपछि मात्र पठाउने र ल्याउने तयारी भईरहेको पनि ढकाले बताए ।
चीनको हुवेईबाट फैलीएको नोवेल कोरोन भाईरस अहिले विश्वका ६० भन्दा बढी देशमा फैलिसकेको छ ।
पछिल्लो चरणमा खाडीमुलुकमा पनि कोरोनाको संक्रमण फेलापरेको छ ।छिमेकी देशदेखि कोरोना संक्रमण भएका देशमामा नेपालबाट बाहिरिने र अवतरणहुने विमानमा कटौती गर्ने तत्काल छलफल हुने पनि उनले बताए ।