विमानस्थालमा पुर्व राजारानीको कोरोना परिक्षन ,

फागुन १९ ,काठमान्डौ – विमानस्थालमा पुर्व राजारानीको कोरोना परिक्षन गरिएको छ ।

भारत भ्रमणबाट नेपाल फिर्ता भएका पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहको विमानस्थालमा शारिरिक तापमान लिइएको हो।

जाँचमा दुवैजनाको तापक्रम सामान्य रहेको रेकर्ड भयो। पुर्व राजारानीको शरिरको तापमान नाप्दै गरेको भिडिओ नेपाल वायुसेवा निगमका अध्यक्ष केदार बहादुर अधिकारीले आफ्नो ट्वीट गरेका छन्।

सरकारले आईतबारबाट नेपालाउने सबै हवाईयात्रिमा निगरानी सुरु गरेको छ भने आज देखि चिन सहित पाँचदेशमा अनअराईभल भिसा बन्द गरेको छ ।