कोरोनाबारे सरकारले रोकथामको उपाय अपनाउन आवस्यक परे नाका उडान बन्द गर्न सांसदको सुझाव ,

फागुन १९ ,काठमान्डौ – सोमाबारको प्रतिनिधिसभा बैठकमा कोरोना भाईरस संक्रमणबारे सरकारले रोकथामको उपया र सतर्कता अपनाउन सांसदहरुले माग गरेका छन् ।

कोरोना संक्रमण देशहरुबाट नागरिक नेपालमा भित्रिरहेको र सरकारले ध्यान नदिएको भन्दै सांसदले सरकारको आलोचना समेत गरे ।

नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको विश्वस्वास्थ्य संगठनले चेतावनी दिदापनि विभिन्न देशबाट नेपाल आउने यात्रु विना चेकजाँच नेपाल प्रवेश गरिरहेको किन होला यो विषयमा संसदलाई आश्वस्त पार्ने ढंगले जवाफ दिनुपर्ने नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले बताए ।

कोराना संक्रमण फैलिएको देशबाट १ लाख ७६ हजार मानिस नेपाल प्रवेश गरेको भन्दै सांसद बडुले विमानस्थलमा असावधानी देखिएको बताए ।

सांसद उमा रेग्मीले सीमा नाकामा चेकजाँचको व्यवस्था गर्न र आवस्यक परे नाका बन्दगरन माग गरेकी छन् ।

नेकपा सांसद शान्ता चौधरीले सरकारले ठोस कदम चालेर कोरोना भाइरस नेपाल छिर्न नदिने वातावरण बनाउनुपर्ने बताइन् ।

सांसद दिव्यमणि राजभण्डारीले कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले प्रभावित देश र विज्ञहरुको सल्लाह लिएर अघि बढ्नुपर्ने बताए ।