प्रचण्डमाथि जुत्ता प्रहारगर्ने रतनलाई सातदिन म्याद थप ,

फागुन १९ ,काठमान्डौ – नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने जुम्लाका २१ वर्षीय रतन तिरुवालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले अभद्र मुद्दामा सात दिनको म्याद थप गरेको छ ।

आईतबार रास्ट्रीयसभा गृहमा नेपाल कम्युनिस्ट पार्टी नेकापाका अध्यक्ष प्रचण्डमाथि तिरुवाले जुत्ता प्रहार गरेका थिए ।

जुत्ता भने प्रचण्डसामु पुगेन उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो ।तिरुवामाथि थप अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सात दिनको म्याद थप गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले पुष्टि गरे ।

आफु शहिद परिवारको छोरा रहेको जनयुद्द संघर्षमा आफ्ना बाबुको ज्यान गएको बताउने तिरुवाको बयान भने गलत साबित भएको छ ।उनी जुम्लाको सिँजा गाउँपालिका–२ घोर्डिङाका मनु तिरुवाका छोरा हुन्।

तत्कालै नेकपा जिम्लाले विज्ञप्ति जारीगर्दै तिरुवा शहिद परिवार नभएको र उनका बाबु भारतमा रहेकोबेला उतै मृतु भएको बताएको छ ।

तेस्तै तिरुवाले यो भन्दा पहिलेपानी विभिन्न गतिविधिमा सामेल रहेको र प्रहरीले उनलाई खोजिरहेको समेत जारि विज्ञप्तिमा छ ।

साथै नेपाल कम्युनिस्ट पार्टी नेकपाले तिरुवा विप्लव कार्यकर्ता रहेको दाबि गरेको छ ।उनका बाबुको नाम सहिद परिवारको लिस्टमा पनि छैन ।

प्रचण्डमाथि तिरुवाले जुत्ता प्रहार गरेपछि छानबिन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी सहकुल बहादुर थापाको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति समेत गठन गरेको छ ।

एसएसपी थापाको नेतृत्वमा परिसरका डीएसपी होविन्द्र बोगटी र महानगरीय प्रहरी वृत सिंहदरबारका इन्सपेक्टर युवराज तिम्लिसिना समितिमा रहेका छन् ।