भारतमा पनि फेला पर्यो कोरोना संक्रमण ,

फागुन १९ ,काठमान्डौ – चीनको हुवेईबाट फैलीएको नोवेल कोरोना भईरस विश्वका ६० भन्दा बढी देशमाफैलिसकेको छ ।

उक्त कोरोना भाईरस भारतको राजधानी नयाँ दिल्लीमा पनि फेला परेको छ ,। भारतमा पहिलो कोरोना संक्रमित फेला परेको भारतको संघीय स्वास्थ्य मन्त्री हर्ष वर्दनले जनाएको छ ।

राजधानी नयाँ दिल्लीमा एकजना र तेलंगानामा एकजना कोरोना संक्रमित भेटिएको पुष्टि भएको हो ।

भारतको नँया दिल्लीमा भेटिएका कोरोना संक्रमित केहिदिन अगाडी युरोपको कोरोना इपिसेन्टर इटालीबाट फर्किएको बताइएको छ ।

अहिले उनको आरएमएल अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । तेस्तै तेलंगानामा भेटिएका कोरोना संक्रमित केही दिनअघि दुबईबाट फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले १९ क्षेत्रमा कोरोना जाँच केन्द्र स्थापना गरिएको छ भने कोरोना संक्रमित विभिन्न मुलुकबाट भारत आएका २५ हजार नागरिकको जाँच भैरहेको स्वास्थ्यमन्त्री हर्ष वर्दनले बताए ।

केहिदिन अगाडीमात्र पनि भारतको केरलामा कोरोना संक्रमित फेलापरेका थिए उनको उपचारपछि घर फर्काईएको थियो ।