अस्पताल भर्ना भए प्रधानमन्त्री ओली ,
फागुन १९ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् ।
प्रधानमन्त्री ओली ,अस्पताल गएको ओलीका सल्हाकार सुर्यथापाले बताएका हुन् । ओलीको बुधबार २१ गते मृगौला प्रत्यारोपण हुने भएको छ ।
ओलीले अस्पताल जानु पुर्व देशबासी र नेपालीको नाममा संदेश दिएका छन् ।उनले आफ्नो सन्देशमा भनेका छन् संसारमा अजम्बरी कोहि छैन ।
भनिन्छ आशाको दियो बलिरहोस ।त्यसको चिकित्सकीय तयारीका लागि म आजै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जतमा भर्ना हुँदैछु ।
यसै सन्दर्भमा, आज भन्दा झण्डै १२ बर्ष अघि मेरा दुवै मृगौलाले काम गर्न छोडेपछि २०६४ साउनमा पहिलो पटक मृगौला प्रत्यारोपण गराएको थिएँ ।
यसपटकको मृगौला प्रत्यारोपण त्यसैले पनि तुलनात्मक रुपमा सजिलो हुने मैले विश्वास लिएको छु ।