डोल्पामा एकै गाउँका ५० भन्दा बढी बिरामी स्थानिय त्रासमा ,
फागुन १९ ,काठमान्डौ – पश्चिम रुकुम त्रिपुरासुन्दरी नगरपालिका,१ को करेलीकाँडमा ५० जनाभन्दा बढी स्थानीय एकैपटक बिरामी भएका छन् ।
उनीहरुमा केहिदिन यता रुघाखोकी ,ज्वरो आउने ,हातखुट्टा दुख्ने ,टाउको दुख्नेजस्ता लक्षनहरु देखापरेका छन् ।
गाँउमा रहेका बालबालिका ,महिला जेष्ठ नागरिक तथा व्यक्तिमा यस्ता लक्षन देखिएपछि स्थानि आतिएका हुन् ।
एककासी गाँउमा स्थानिय बिरामी भएको खबर सुनेपछि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सम्बन्धित क्षेत्रमा पठाइएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी गरे ।
अहिले बिरामीको उपचार सुरु भईरहेको छ । औषधिसहितको स्वास्थ्यकर्मीको टोली र आवश्यक सुरक्षा तथा समन्वय सहयोगका लागि सुरक्षाकर्मी पठाइएको छ ।
के कारणले यति धेरै बिरामी एक्कासी भएभन्ने र कुन रोगका कारण भन्ने भने पत्ता नलागेको सुनारले बताए ।सिनियर अहेब नेतृत्वको ४ जना स्वास्थ्यकर्मीको टोलीले उपचार सुरु गरेको छ।