कोरोनाबाट अमेरिकामा ६ जनाको मृतु ,
फागुन २० ,अमेरिका – कोरोना भाईरस संक्रमणबाट अमेरिकामा ६ जनाको मृतु भए को छ ,भने हाल सम्म ९६ जनामा कोरोनाको संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।
अमेरिकाको वासिंटन राज्यको किङकाउन्टीमा ५ जना र स्नोहोमिस काउन्टीमा एकजनाको मृत्यु भएको हो ।
उपचार भइरहेका ७ जनाको अवस्था गम्भीर रहेको र ९ जनाको सफल उपचार गरिएकोपनि जनाइएको छ ।
तेस्तै न्युयोर्क राज्यमा एक महिलामाथि कोरोना भाईरस संक्रमणको पुस्टि भएको छ ३५ वर्षीय ति महिला हालै मात्र ईरानबाट फर्कीएकि जनाईएको हो ।
उनलाई ईसोलेसनमा राखीएको अमेरिकाका संचार माध्यामले जनाएका छन् ।चीनको हुवेईबाट फैलीएको नोवेल कोरोना भईरस विश्वका ६० भन्दा बढी देशमाफैलिसकेको छ ।