कोरोना संक्रमणसंग लड्ने समता कसरि बढाउने ,यो पढ्नुहोस ,

फागुन २० ,काठमान्डौ – संसाररे भरि कोरोनाको हल्ला छ । मनिसलाई ज्वोरो आयो वाखोकी लाग्यो टाउको दुख्यो झट्ट याद हुने भयो कोरोना ।

चीनको हुवेईबाट नोवेल रुपमा फैलीएको कोरोना भाईरस अहिले संसारको ६० देशभन्दा बढीमा फैलिसकेको छ ।

चीनमा कोरोना भाईरसले महामारीनै फैल्यायो जसबाट ३ हजार भन्दा बढीको ज्यान गयो भने ८० हजार बढी व्यक्ति यो रोगबाट संक्रमित छन् ।

तेसैले यो रोगको आजसम्म औसधि पत्ता नलागेको हुनाले सावधानी अपनाउनुनै उत्तम उपाए हो ।

कोरोना संक्रमणबाट बच्न र लड्नसक्ने क्षमता बढाउन चिकित्सकको यस्तो सल्हा छ ।जो सबैले पालना गर्नुहोस ।

हाम्रो आकास तथा धरतीमा करोडौं किटाणु छन् । त्यस मध्ये नोबेल कोरोना एउटा भाइरस हो । रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । रोगसँग लड्ने क्षमताको बिकास गरेमा यस्ता खहरे रोगसँग डराउनु पर्दैन ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन निम्न उपाय अबलम्बन गरौँ ।

१. पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौं । हरियो सागसब्जी, फलफुल, दुध, गेडागुडी नियमित खाने गरौँ । खानामा जति बिबिधता भयो, हामी त्यति स्वस्थ हुन्छौं । भिटामिन C, B6, E, Zinc लगायत पोषण पाउने खाना सेवन गरौँ ।
२. नियमित व्यायाम, योग, हाइकिंग गरौँ । खेल खेल्ने बानी बसालौं ।
३. घाममा बसौं ।
४. नियमित अनुलोम / विलोम गरौँ । यसले फोक्सोको कार्यक्षमता वृद्धि गर्दछ ।
५. चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौं ।
६। बिहान / बेलुका नियमित १-१ चम्चा घ्यु खाने गरौँ ।
७. लसुन, प्याज, टिमुर, जिरा, धनिया, अदुवा, बेसार, तील, मरौटि, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ ।
८. भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ ।
९. पर्याप्त मात्रामा सुतौं ।
१०. पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफुल नियमित खाएर शरीरलाई नियमित सिंचाई गरौँ ।
११. मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ ।
१.। दिल खोलेर हाँस्ने गरौँ ।
१३. नियमित चिया र कफी ( दुध \ चिनी नहालेको ) सेवन गरौँ ।
१४. ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौँ ।

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ,