प्रधानमन्त्रीको मृगौला प्रत्यारोपणको तयारि आज राति १० बजे बाट केहि खान नपाउने ,
फागुन २० ,काठमान्डौ – प्रधानमन्त्री ओली मृगौला प्रत्यारोपणको लागि हिजो सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना भईसकेका छन् ।
उनको भोलि बुधबार मृगौला प्रत्यारोपण हुँदै छ । प्रत्यारोपण गर्नु अगाडी प्रधानमन्त्रीको आज अन्तिम मंगलबार १० बजे डायलाइसिस गरिएको शिक्षण अस्पताल (टिचिङ) का निर्देशक डा. प्रेम कृष्ण खड्गाले बताए ।
प्रत्यारोपण अगाडी गरिने ओलीको स्वास्थ्य जाँच अगाडीई सबै भईरहेको र भोलि कतिबेला कुन समयमा प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण हुने बारे फिक्स नभएको उनले जानकारी गरे ।
उपचारमा संलग्न चिकित्सकहरुले आज ४ बजे समयको टुंगो लगाउने र उनीहरुको छलफल भईरहेको पनि खडकाले बताए ।
ओलीलाई आज राति १० बजेदेखि केहिपनि नखाई राख्ने तयारि भईरहेको एक चिकित्सकले बताए ।
मृगौला प्रत्यारोपण अगाडी गरिने रगतमा हुने टक्सिनहरू निकाल्न पनि ‘प्रि ट्रान्सप्लान्ट’ डायलाइसिस गरिएको उपचारमा संलग्न एक चिकित्सकले बताएका हुन्।
प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने समीक्षा संग्रौला ज्ञवालीले मृगौला दान गर्नलागेकी हुन् ।
ओलीको यो दोश्रो पटक मृगौला प्रत्यारोपण गर्न लागिएको हो ।१२ वर्षअघि उनले सिंगापुरमा मृगौला प्रत्यारोपण गरेका थिए ।