सुर्खेतमा खचा खाच यात्रु बोकेको जिप भिरबाट खस्यो थप जानकारी आउन बाँकी ,

फागुन २१ ,सुर्खेत – सुर्खेत दैलेख सिमानामा पर्ने तारापोखरी नजिक भीरबाट यात्रु बोकेको जिप खसेको छ ।

सुर्खेतको चिङगाड गाँउपालिका वडा नम्बर ६ पाम्काबाट यात्रु बोकेर वीरेन्द्रनगर तर्फ आउदै गरेको जीप भीरबाट तल खसेको चिङगाड गाँउपालिका अध्यक्ष देव बहादुर चन्दले जानकारी दिए।

सडकबाट जिप २ देखि ३ सय मिटर तल खसेको र जिप खसेको स्थान एकिन हुनसकेको छैन ।

lekbesi

जिपमा कति यात्रु थिए भन्ने एकिन हुननसकेपनि यात्रुले जिपभने खचा खाच भरिएको चन्दले बताए ।

जिप चालकला भने घाईते अवस्थामा उदार गरिएको र घटना स्थलतर्फ प्रहरी पुगेको सुर्खेत प्रहरीले जनाएको छ ।घटनाको थप विवरण आउँन बाँकी छ ।