Simta
Simta
lekbesi

प्रधानमन्त्री संग भए अब चारवटा मृगौला,

Gurvakot

फागुन २१ ,काठमान्डौ – प्रधानमन्त्री ओली संग अब चारवटा मृगौला हुने भएका छन् । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमामा ओलीको आज मृगौला प्रत्यारोपण हुँदै छ ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषि कुमार काफ्लेका अनुसार प्रत्यारोपण गर्ने भनेको पुरानो मिर्गौला निकालेर नयाँ मिर्गौला फिट गर्ने होइन ।

अर्को मृगौला थप्ने हो उनले भने । ओलीका पहिले दुई मृगौला छन् उनको २०६४ सालमा अर्को मृगौला प्रत्यारोपण भयो आज अर्को मृगौला प्रत्यारोपण गर्दा अब प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला हुनेछन् काफ्लेले भने ।

lekbesi

पहिले प्रत्यारोपण गरिएको मिर्गौला शरीरमा जेलिएर बसेको हुन्छ, त्यसलाई हटाउन समय धेरै लाग्ने भएकाले कुनै पनि डाक्टरहरुले त्यस्तो झन्झट गर्दैनन् उनले भने ।

‘पुरानो मिर्गौलाले दुई,चार पर्सेन्ट काम गरिरहेको हुन्छ, प्रत्यारोपण गर्नासाथ नयाँ मिर्गौलाले काम गर्न थालिहाल्छ ।

मिर्गौला प्रत्यारोपणको काम सक्न चारदेखि पाँच घण्टासम्म लाग्ने अनुमान छ । तसर्थ मिर्गौला दान गर्ने र प्रत्यारोपण गर्ने दुवै बिरामी एक हप्तापछि सामान्य अवस्थामा फर्किन सक्ने डाक्टरहरु बताउँछन् ।

Simta