काभ्रेमा बस दुर्घटना,

फागुन २१ ,काभ्रे – रामेछापको गुराँसेबाट काठमाडौं आउँदै गरेको बा ४ ख ७१०२ नम्बरको बस काभ्रेको चौरी देउरालीमा दुर्घटना भएको छ ।काभ्रेको कोशीपारीमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

घाइतेहरुमध्ये गम्भीर घाइते ६ जनालाई चौरी देउराली गाउँपालिकाको गाडीमा तथा अन्य लाई बसमा धुलिखेल अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।

अहिले स्थानीय प्रहरी उद्धार कार्यमा जुटिरहेको भइएरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेका डिएसपी विक्रम थापाले जानकारी दिए ।

lekbesi

बस अर्को गाडीलाई साईड दिने क्रममा दुर्घटना भ एको प्रत्क्षदर्शीले बताएका हुन् ।