नारायाणकाजि श्रेष्ठले गरे राष्ट्रियसभा सदस्यको सपथ संगै सांसदको लोगो ग्रहण ,
फागुन २१ ,काठमान्डौ – नेकपा प्रवक्ता नारायण काजी श्रेष्ठले राष्ट्रियसभा सदस्यमा पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् ।
संसदकाे ल्होत्से हलमा बुधबार बिहान आयोजित एक कार्यक्रमबीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले श्रेष्ठ लगायत राष्ट्रियसभाका निर्वाचित १८ सांसदलाई शपथ गराएका हुन् ।
सपथपछि अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सांसदहरुलाई संसदको लोगो लगाइदिएका हुन् ।
राष्ट्रियसभाका १८ पद रिक्त हुने भएपछि गत माघ ९ गते निर्वाचन भएको थियो । १८ सांसद्को २ वर्षे कार्यकाल सकिएलगत्तै निर्वाचित सांसदहरूलाई शपथ गराइएको हो ।