यो वर्ष देखि कक्षा ३ सम्म खस भाषामा पढाई हुने ,

फागुन २१ ,काठमान्डौ – जुम्लाको सिंजामा खस भाषामा पढाई हुने भएको छ । जुम्लाको सिंजाबाट नेपालि भाषाको उत्पति भएको मानिन्छ ।

नेपालमा जतिसुकै भाषा बोलिएपनि नेपालीको शुद्द भाषा भनेको खस भाषा हो । उक्त भाषा पछिल्लो चरणमा हराउदै जान लागेकाले यो भाषालाई बचाउन खस भाषामा पठन पाठन हुने भएको छ ।

तेस्तै खस भाषा र संस्कृति पाठ्यक्रम तथा पाठ्यपुस्तकलाई अन्तिमरुप दिन जुम्लाको सिंजा गाउँपालिकाले बुधबार काठमाडौंमा एक आयोजना समेत गरेको छ ।

lekbesi

पचास वर्षअघि जुम्लाको खस भाषा, संस्कृति, इतिहास तथा सिंजा सभ्यताको समग्र अध्ययन गरेका वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीले भाषा नरहे पहिचान हराउने बताउदै यो भाषालाई निरन्तरता दिन उनले बताएका हुन् ।

सबै मिलेर खस भाषाको जगेर्ना गर्ने र सम्पदाको रूपमा भावी सन्ततीका लागि छोडेर जाने उनले बताए ।

शैक्षिक सत्र २०७७ बाट गाउँपालिकाभित्र रहेका २२ विद्यालयमा सिंजा गाउँपालिकाले कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरेको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए ।

गाउँपालिकाले पाठ्यक्रमानुसार पाठ्यपुस्तकलाई अन्तिम रुप दिन बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा उक्त जानकारी दिइएको हो ।

यो वर्षबाट कक्षा ३ सम्म र अर्को वर्ष ८ कक्षासम्म पथान्पाथान गरि खस भाषालाई क्याम्पस सम्ममा लैजान अध्यक्ष सिंहले बताए ।

खस भाषालाई बिग्रन हराउन नदिन यसमा सबैको साथा सहयोग रहेको समेत उनले बताए ।

स्थानीय भाषा विषयका रुपमा ‘खस भाषा र संस्कृति’ पाठ्यक्रम पाठ्यपुस्तक निर्माण गरिएको पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण समितिका सदस्य हमेन्द्रबहादुर शाहीले जानकारी गरे ।

पाठ्यपुस्तकमा खस भाषाको परिचय, सिंजाको नक्सा तथा चिनारी, परम्परा, पुराना सम्पदाहरू, मुख्य थान र मन्दिरहरु, कृषि औजार, पेसा व्यवसाय, लोकसंस्कृति, मूल्यमान्यता जस्ता विषय समेटिएका छन् ।

जुम्लालगायत कर्णाली प्रदेशका सबै जिल्लामा गत माघ २५ गतेबाट नयाँ शैक्षिक सत्र सुरु भइसकेको पनि उनले बताए ।

संस्कृति’ पाठ्यपुस्तक चैतमहिनाभित्र सबै बालबालिकाको हातमा पुगिसक्ने शाहीले बताए ।