भिड भाडमा जम्मा भएर होलि खेल्न नपाईने,
फागुन २१ ,काठमान्डौ – नेपालि हरुको महान चाडको रुपमा रंग दलेर हिमाल देखि पहाड हुँदै तराई सम्म धम्धामले मानीने पर्व होलि नजिकिदै छ ।
होलीको औपचारिक सुरु समेत काठमान्डौको वसन्तपुरबाट सुरु भईसकेको छ ।
तेसैले ठुलो भिड गरेर होलि पर्व खेल्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निषेध गरेको छ ।
काठमान्डौको सार्वजानिक स्थलमा आयोजना हुने ठुला औपचारिक कार्यक्रम समेत नगर्न प्रसासनले निषेधित गरेको छ ।
अहिले विश्वभरिनै फैलीएको कोरोना भाईरसलाइ मध्यनजर गर्दै जिल्ला सुरक्षा समन्वय समितिको बुधबार दिउँसो बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
पूर्वस्वीकृति लिइएका कार्यक्रमलाई समेत रद्द गर्न जिल्ला सुरक्षा समन्वय समितिले अनुरोध गर्ने निर्णय गरिसकेको छ ।
नेपाल सरकारले ठुला कार्यक्रम ,मेला महोत्सव ,भोजभतेर समेत नगर्न आग्रह गरेको छ ।
चीनको हुवेइबाट नोवेल रुपमा फैलीएको कोरोना भाईरस अहिले विश्वका ८० भन्दा बढी देशमा फैलिसकेको छ भने विभिन्न देशमा गरि ३५ सय भन्दा बढीको मृतु भईसकेको छ ।
अहिले सम्म नेपालमा यो रोगको संक्रमण फेला परेको छैन ।रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनिनै बेस भनेर नेपाल सरकारले विभिनन उपया समेत अपनाएको छ ।
तेस्तै कदम कदापी कुनै व्याक्तिमा यस्तो रोगको संक्रमण फेलापरेमा तत्काल उपचारको लागि अस्पतालमा आईसोलेसनको वेवास्था समेत गरेको छ ।