कोरोन संक्रमणका कारण क्यालिफोर्नियामा संकटकाल घोषणा ,
फागुन २२ ,काठमान्डौ – कोरोना भाइरसबाट ११ जनाको मृतु भएपछि अमेरिकाको क्यालिफोर्निया राज्यले संकटकालको घोषणा गरेको छ।
ज्यान गुमाउनेमा १० जना वासिङ्टन राज्यका छन् भने १ जना अन्य स्थानमा हुन् ।अमेरिकाका १६ राज्यमा कोरोनाभाइरस संक्रमणका मामिलाहरू भेटिएपछि ह्वाइट हाउसले यसको जाँचलाई देशभर लैजाने घोषणा गरेको छ।
हाल सम्म अमेरिकाका १६ राज्यमा १४० बढीमा कोरोनाभाइरसको संक्रमण भेटिको छ ।फ्लोरिडा अगाडि वासिङ्डनले पनि आफ्नो राज्यमा आपतकालको घोषणा गरेको थियो।
यसैगरी अमेरिकाको हाउस अफ रिप्रिजेन्टिभ्सले कोरोना भाइरसविरुद्ध लड्न आपतकालिन सहायता अन्तरगत ८.३ विलियन डलर रकम खर्च गर्ने अनुमति दिएको छ।
चीनको हुवेईबाट फैलीएको नोवेल कोरोना भाईरस अहिले विश्वभरनै महामारीको रुपमा फैलीएको छ ।