Gold

प्रधानमन्त्री ओलीको अवस्था सामान्य तरल पदार्थ पिलाईयो ,

Naumule Migrate

फागुन २२ ,काठमान्डौ – प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार भईरहेको चिकित्सकहरिले बताएका छन् ।

प्रधानमन्त्री ओलीको हिजो बुधबार दोश्रोपटक त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको हो ।

स्वास्थ्य अवस्था सामान्य रहेको र प्रधानमन्त्रीले आजबिहान कालो चिया पीएको पनि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले बताएका हुन् ।

साढे चार घण्टा लामो शल्यक्रियामा प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल सहभागी थिए।

भारतका मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक प्रा.डा. अनन्त कुमार पनि टोलीमा सामेल थिए।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको जानकारी लिन रक्षामन्त्रीसँगै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ प्रधानसेनापति पूर्णचन्द्र थापालगायत अन्य सुभचिन्तकहरु शिक्षण अस्पताल पुगेका थिए । प्रधानमन्त्री ओलीको यो दोश्रोपटक मृगौला प्रत्यारोपण गरिएको हो ।

Naumule Badhipahiro