बलात्कार आरोप लागेका सांसदलाई पाँच दिनसम्म थुनामा राख्न आदेश ,
फागुन २२ ,धनगढी – बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका सुदूरपश्चिम प्रदेशका नेकपा सांसद अक्कलबहादुर रावललाई ५ दिनको म्याद दिइएको छ ।
कैलाली जिल्ला अदालतले बिहीबार अनुसन्धानका लागि ४ दिन थुनामा राख्न अनुमति दिएको हो ।
रावलविरुद्ध जाहेरी दिने महिलाले आफू गर्भवती रहेको समेत दाबी गरेकी छन् ।अछाम क्षेत्र नम्बर २ क बाट निर्वाचित प्रदेश सांसद रावलमाथि धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की एक महिलामाथि बलात्कार प्रयास गरेको आरोप लागेको छ ।
उनले श्रीमान् काठमाडौ गएको मौकामा सांसद रावल मध्यान्ह्र आफ्नो कोठामा आएर बलात्कार प्रयास गरेको विवरण उल्लेख गरेकी छिन्।
आफु फुत्किएर भागेपछि घरको छतबाट सबैलाई हार गुहार ति महिलाले गरेपछि रावल भागेका थिए ।
आफ्ना श्रीमान वा अन्य कसैलाई यो कुरा भने मारिदिने धम्कि समेत रावलले दिएको महिलाले उजुरीमा बताएकि छिन् ।
दुवै बीच सामाजिक सञ्जाल म्यासेन्जरमा भएका कुरापनि महिलाले उजुरीमा राखेकी छिन ।रावलले भने आफुलाई फसाउने षडयन्त्र भईरहेको बताएका छन् ।