आर्थिक हिनामिना गरेको भन्दै सुर्खेत सिम्ता गाँउपालिका अध्यक्ष कविन्द्र केसीलाई अख्तियारको पत्र ,
७ दिन भित्र स्पस्टिरणको माग , ,
फागुन २२ ,सुर्खेत – कर्णाली प्रदेश सुर्खेत सिम्ता गाँउपालिकाका अद्यक्ष कविन्द्र केसीलाई अख्तियार दुरपयोग आयोग सुर्खेतले पत्राचार गरेको छ ।
,केसीले सिम्ता वडा न . १ पातचौर भन्ने स्थानमा गाँउपालिकाको प्रसासनिक भवन निर्माण गर्दा तोकीएको स्थान भन्दा बाहिरको भू भागमा अन्वास्यक डोजर चालाएर आर्थिक हिनामिना अगरेको अख्तियारको ठहर छ ।
आर्थिक वर्ष २०७५ /७६ को युवा उधम कार्यक्रमको बजेट युवा उधमीहरुलाई केसीले नदिएर विभिन्न तालिमको नाममा रकम हिनामिना गरेको पनि अख्तियारले बताएको छ ।
अनियमितता गरेको भनेर अख्तियारमा उजुर परेपछि हो वा होईन यसको स्पस्टिकरण अखितियारले मागेको छ ।
उल्लेखित उजुरीका आधारमा अनियमितता भएको नभएको पुस्टि र प्रमाण केसीबाट अख्तियारले ७ दिन भित्र पेश गर्न पत्राचार गरेको छ।