कोरोनाको संक्रमणमा सुर्खेतमा एकजनालाई अस्पताल भर्ना ,
फागुन २३ ,काठमान्डौ – जापान कोरिया हुँदै नेपाल छिरेका एक व्याक्तिलाई चिकित्सकको निगरानीमा राखीएको छ ।
ति व्याक्ति नेपाल छिरेर काठमान्डौ हुँदै सुर्खेत पुगेका थिए ।सुर्खेतको विमानस्थलमा चेक जाँचको क्रममा उनलाई १००.५ डिग्रि सेल्सिएको ज्वरो देखिएपछि उनलाई प्रदेश अस्पताल कालागाउँमा चिकित्सकको निगरानीमा राखिएको छ ।
अस्पतालका निर्देशक डा डम्बर बहादुर खडकाका अनुसार उनीमाथि बढी ज्वरो देखिएपछि स्वास्थ्यकर्मीको निगरानीमा राखीएको हो ।
उक्त व्यक्तिलाई आईसोलेसन्मा तत्काल राख्न नपर्ने भएको खडकाले बताए ।कर्णाली प्रदेश सरकारले विभिन्न नाका सिमा क्षेत्रमा हेल्थ डेस्क संचालनमा ल्याएको छ ।
सुर्खेतको विमास्थलमा दैनिक हेल्थ डेस्क चेक जाँच गरिएको छ । तेस्तै सुर्खेतमा पनि सर्जिकल माक्स देखि कपडाको माक्स अभाव रहेको नेपाल औषधि व्यवसायी सङ्घ सुर्खेतका अध्यक्ष रणबहादुर खड्काले जानकारी दिए ।
सुर्खेतमा रहेका एकसयको हाराहारी मेडिकलमा माक्स नरहेको उनले बताए ।