सुर्खेतमा माक्स अभाव कि लुकाईयो ,

फागुन २३ ,काठमान्डौ – कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतका मेडिकलहरुमा माक्सको अभाव देखिएको छ ।

सुर्खेतमा रहेका करिब १०० को हाराहारी मेडिकलमा माक्स नभएको नेपाल औषधि व्यवसायी सङ्घ सुर्खेतका अध्यक्ष रणबहादुर खड्काले जानकारी दिए ।

सुर्खेतका सबै मेडिकलमा सर्जिकल देखि कपडाको माक्सहरु भेटिदैनन । एक महिना अगाडीबाटनै माक्स ल्याउने खोजिरहेका छौ तर डिलरमै मक्स छैन उनले भने ।

चीनको हुवेईबाट महामारी रुपमा फैलीएको कोरोना भाइरसले अहिले विश्वभरनै आतंक फैलाएको छ । छिमेकी मुलुक चिनमा कोरोना भाईरसबाट हाल सम्म २७ सय भन्दा बदहिको मृतु भईसकेको छ भने ७० हजार बढीमा यो रोगको संक्रमण छ ।

चिन सरकारले आफ्नै देशमा माक्स अभाव रहेको भन्दै नेपाल सरकारले चिनलाई एकलाख प्रोटेक्टिभ मास्क सहयोग गरेको थियो ।

लगतै माक्स पठाउने क्रम देखिएपछि नेपालमा माक्स उत्पादन गर्ने कम्पनिलेनै माक्स पुर्याउन नसकीएको बताएका थिए ।

विस्तारै अनुगमन गर्दा माक्स लुकाएर कालोबजारी गरेको भेटियो । कालोबजारी गर्ने र ५ रुपैंयाको माक्सलाई ३० सम्म बेचेको थाहापाएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता सन्रक्षन विभागले बजार अनुगमन गरि कारवाही गर्न थालेको छ ।

विभागले काठमान्डौको क्षेत्रपाटिमा रहेको नेपाल केयर सर्जिकल सप्लायर्सलाई माक्स लुकाएको आरोपमा दुईलाख रुपैया जरिवाना गरेको थियो ।

कोरोनाको महामारी फैलिने डरले सबैले सुरक्षा अपनाउन र माक्सको प्रयोग गर्न सरकारले जनहितमा जारि गरेको छ ।

तर बजारक मेडिकलहरुमा माक्स छैन ।कतिपय मेडिकलले भने माक्स छैन भनेर लेखेर टांसेको देखिन्छ ।

तेस्तै बिलबिनै महँगो मुल्यमा माक्स विक्री गरेको सचिन ट्रेटलाई १० हजार जरिवाना गरेको थियो भने अन्य ८ वटा फर्मलाई सचेत गराएको समेत विभागले जनाएको हो ।

काठमान्डौको त्रिपुरेश्वरको खनाल सप्ल्यार्स अर्चना सप्लायर्स र फिस्टेल सप्लायर्सलाई ५ हजारका दरले जरिवाना तिराएको छ ।

हिजो मात्र पोखराको परि फार्मेसीले ५ रुपैयाको माक्सलाई ३० मा बेचेपछि बजार अनुगमन टोलीले कारवाही गरेको छ ।

तेस्तै सुर्खेतमा पनि माक्स महँगो रुपैयामा किन्नेगरेको गुनासो बढ्न थालेपछि बजार अनुगमन तिब्र बनाईएको छ ।